निबन्ध

हाम्रो देश १०० मा नब्बे जति गरिब छन् । कुटी कोदालो गरेर गाउमा बस्छन्, जसलाई खान लाउन पुग्या छैन । तेपाल भनेकै तिनै १००मा नब्बे मानिस हुन् । जब म नेपालको कल्पना गर्छु, त्यसबेला तिनै गरिब दाजुभाइहरुको तस्विर मेरो अगाडि आउछ । मैला लुगा लगाएका, खान नपाएको र रोगी अनुहारको तस्बिर । अनि मलाइ लाग्दछ, यी रोगी, खान नपाएको अनुहार पो हाम्रो देश हो । त्यसो हुनाले त्यही खान नपाएको पेटमा अन्न जाओस्, हास्न नपाएको ओंठमा हासो आओस्, रोगीले औषधिमूलो पाओस्, केटाकेटीले पढ्न पाउन् भनेर नै हामी राजनितिमा लागेका हौं । मन्त्री हौंला, ठुला ठुला कुर्सीमा जाऔला भनेर राजनीतिमा लागेका होइनौं ।

के नेपाल भनेको यहाका पाचवटा सहर हो । कि नेपाल भनेको गाउ हो । हामीले विकासका कुरा गर्दा विकासले ग्रामीण परिवारलाइ के गर्यो भन्न् प्रश्नको जवाफ दिन सक्नुपर्छ । यदि ठुला सडक बन्छ भने मोटर गाडी जो सित छ उसले उपयोग गर्छ । जेट प्लेन गाउलेले चढ्दैन । बिजुली प्रयोग गर्दैन । त्यसकारण मैले प्रधानमन्त्री हुदा योजना आयोगको मिटिंगमा भनेको थिए, तपाइहरु भित्तामा राजाको तस्विर राख्नुहोस् र साथै नेपालको एउटा गरिब गाउले किसानको आफ्नो झोपडी अगाडी उभिरहेको चित्र पनि राख्नोस् र त्यसको अनुहार हेरेर योजना बनाउनोस् र सोध्नोस्, यस योजनाले त्यस झोपडीमा बस्ने किसानलाइ के लाभ दिनसक्छ । म आज पनि त्यही प्रश्न सोध्छु" - बिश्वेश्वरप्रसाद कोइराला —

No comments: