Gajen subba
प्रियवर,
कुन शब्दले सम्बोधन गरौँ ? मेरो शब्द कोषले भ्याउँदैन |
तिम्रो मायाको सुनौलो डोरीले बाँधिएर यो जिन्दगी बिताई रहेछु | तिम्रो भौतिक उपस्थिति
त छैन म सामु तर सम्झनाको मूर्ति मन-मनमा खादा गरेर हरदम पुजी रहेछु तिमीलाई | किन कि
मेरो जीवनमा तिमी देवता बनेर आएको छौ |मेरो खबर त के भनौं ? बस् तिमी स्वस्थ रहू |
यो "भ्यालेन्टाइन डे" को माहोलमा तिम्रो शुभसमाचारको निम्ति म हरदम शुभेच्छाका मखमली तन्ना बिछ्याई रहन्छु |
आज प्रेम दिवश ! प्रेम पारखी भ्यालेन्टाइनले आफू फाँसी लागेर यसलाई बचाए,हाम्रै लागी उनले वलिदान दिए |
उनको एहसान धर्तीका कुन चाहीं प्रेमी-प्रेमिकाले भुल्न सक्छन् र ? क्युपिडले साइकीलाइ मुटुको बिचमा प्रेमवाण हाने जस्तै तिमीले मलाइ पनि चलायौ त्यो वाण र,अरुले अरुलाई चलाए | अनि हामी बाँच्न विवश छौं,तिखा घाउहरु छातीभित्र छोपेर हिंड्न |
आजको सुवर्ण अवसरमा मेरो प्रेमाभास तिमीलाई ब्यक्त गर्नको निम्ति यहीँ प्रेम पत्र अनि गुलाबको एक रक्तिम थुँगा
तिम्रै पाउमा झुकेर समर्पण गर्न चाहान्छु | यदि आकाश पाना भई दिए,धर्ती अक्षर भइ दिए म बताउँथें तिमीलाई कति माया गर्छु भनेर | तर पनि सक्दिन थें.....!
तिमी मेरो सामु हुँदा कति आनन्दित महसुस गर्छु | किन कि प्रेम आनन्दको महासागर हो,म यसमा चुर्लुम्म-चुर्लुम्म डुब्न
पुग्छु तर कहिल्यै उत्रन सक्दिन | लाग्छ,तिम्रो आगमनले मेरो जीवनमा सपनाको चाँङ् लगाई दिएकोछ | ती अधुरा रङ्गीन सपना
म यहीँ दिनमा तिमी सँग साट्न चाहान्छु | पहिला-पहिला तिमी आउनु अघि निरस-निरस थिएँ,म मरुभूमी झैं ! तर अहिले अमृत
तुल्य रसमय भइ रहेछु | मेरा आँखामा दृष्टि थिएन,तर जब तिमीलाई देखें तब जीवनमा पहिलोपटक वास्तविक दृष्टि पाएँ |
पाइलाहरु पनि भड्किएका थिए | अहिले तिमी सामु पुग्नु नै मेरो जीवनको प्रथम गन्तव्य भएकोछ | तिमीले नजरवाणले छोई दिनु अघि मेरो मुटु पनि रित्तो थियो तर आज भरिएर पोखिन लागेकोछ | उठाउने प्रयास त गर्दैछु तर थाहाछ,यो कहिल्यै
समेटिन सक्दैन | सायद तिमीलाई पनि थाहा छ,प्रेमको साँचो मज्जा छताछुल्ल हुनुमा नै छ | तिम्रो अनुरागको मात रक्सी भन्दा
पनि बढ्ता भएर उत्रिएको छ,मेरो आत्माको भट्टीभित्र | पिउँदा-पिउँदै न सकिन्छ न चैनले जीउन नै दिन्छ | प्यारा ! तिमीले किन मलाइ सदाबहार पियक्कड बनाइ दियौ ? कति कल्पना गर्छु,यो यात्रामा तिमी मेरो सहयात्री भइ दिए मेरो जीवनको मृगतृष्णा पुरा हुने थियो |
कति उदार र रङ्हीन थिएँ म | तर तिमीले मेरो उजाड चुल्ठोमा केहि फूलहरु सिउरिदियौ र,म फुलबारी भएँ | तिमीले मेरा
बिझालु आँखामा केहि आँशु पोखि दियौ र,म जल्बारी भएँछु | शब्दहीन थिएँ तर तिम्रो आगमनले प्रेम कवयित्री भएछु | त्यो शीतल स्पर्शले मेरो हृदयमा अनुरागका अनगिन्ती नदीहरु कुल्कुलाउँन थालेकाछन् | ताजा भर्खर फक्रिए झैं कुसुमहरु कुसुमित भइ
रहेछन् | चारैतिर गुलाबै गुलाबको ताँती मात्र देखि रहेछु |
प्रियतम ! आजको दिन हाम्रो जीतको दिन !! तिमी प्रतिको झुकावको अभिव्यक्तिको दिन | बेहद खुशी भइ रहेछु,मेरा चुप-छाप र गुमसुम भावनाहरु जुन उकुसमुकुस थिए भित्र-भित्रै-ती आज फुटेका छन्,सारा धर्ती मुनिबाट या रुखको कापबाट चिसो पवित्र पानीको मूल फुटे झैं र,आज म जललहरित भइ रहेछु,बहि रहेछु अनन्त सम्म
मेरो पत्थर मुटु फुटालेर उम्रिएको कलिलो रातो गुलाबको बोट तिमी अनि म मालिनी भएर स्याहार सम्भारमा तत्पर छु |
र,महान् मायालुहरु रोमियो-जुलिएट,शिरी-फराहाद,हिर-राँझा,मुना-मदन,सबिता-नकुलको आशिर्वादले तिम्रो नाम सँग यसरीनै जोडिन चाहान्छु | प्रेमको प्रमाण चाहिएको हो भने यो सिंगो जीवन नै तिम्रो दिलको सबुत खातामा चढाई दिन्छु | ताराजूनको जन्ती ल्याई दिन्छु,शब्दका हीरामोतीको जवाहरत दिलाई दिन्छु | सपनाहरुको खात् लगाई दिन्छु, अनि यो दिलको ताजमहलमा हामी ममताज र मुगल बन्ने छौं | अमर तस्वीर क्यानभाससरी,हाम्रै तस्विरहरु !
अरु ख्वै के लेखौं, मायाको कुरा जति गर्यो उति अपार बन्छ | तर यो अपारतामा तिमी र मैले एक निश्चित आकार पाउन सकौं यो अमर दिवश हाम्रो मिलनबिन्दु बनोस् र,यात्रा कहिल्यै नटुटोस् | मेरो जीवनमा प्रभात ल्याएको छौ र, अब स्वर्णिम सुर्योदय बन्ने नबन्ने तिम्रो निर्णय.....!!!
तिम्रै प्रणययाचिनी,
पूजारिणी
म !
नोट:-फेब्रुअरी १४ मा पर्ने "भ्यालेन्टाइन डे"का अवसरमा त्रिभुवन विश्वविध्यालयको अंग्रेजी केन्द्रीय
विभागले आफ्ना विधार्थीहरुमाझ गराएको प्रेम-पत्र लेखन प्रतियोगीतामा उत्कृष्ट बनेको पत्र | प्रतियोगीतामा १ सय भन्दा बढी बिधार्थीले भाग लिएका थिए | प्रेम-पत्र लेखिका बालिका थपलिया अंग्रेजी विभागमा स्नाकोत्तर प्रथम वर्षमा अध्ययनरत
छिन्

No comments:
Post a Comment