Friday, 6 January 2012

के नै लाग्छ !

यो एउटा ज्यान मेरो तिम्ले माग्यौ,उस्ले पनि माग्यो
यिनलाई दिउँ कि उनलाई दिउँ,कता कता भारी लाग्यो


मेरो रसरंग गर्ने बानी,साथीभाई सँग बसि
आज निक्कै भो कि ! रिसाइन कि जस्तो लाग्यो


कति रात अँधेरीमा चिसै गरि जाग्राम बस्यौं
केहि दिनभो त्यो चिसोले उनको पेट बढ्दो लाग्यो


हुन्न हुन्न भन्थिन उनी,पिरतीको खेल खेल्न
ढुङ्गो गाल्ने यो ''गजेन''को अघी उनको के नै लाग्यो

No comments: