Wednesday, 21 March 2012

धनी,गरीब,सानो, ठुलो देख्ने नजर मेरो हैन!
छ आँखामा ज्योती प्रखर कालो प्रहर मेरो हैन!

हुँ गाउँकी स्वप्न परी उडीदिन्छु चंगा सरी!
लासमाथी ठडिएको तिम्रो शहर मेरो हैन!


आफु पिउँछु जिन्दगानी पिलाउँछु जिन्दगानी!
मृत्यु सँग साईनो गाँस्ने कुनै जहर मेरो हैन!


चाह छैन जूनताराको चुम्छु माटो पाईतालाको!
म धर्तीको पूजारी हुँ सुन्य सगर मेरो हैन!


मरुभूमि बिच फुल्छु आँखाबाट सागर पढ्छु!
शीर झुकाई हेर्दीन यो बिरान् बगर मेरो हैन!

mira thapa

No comments: