भरियो नयन मन खाली छ आज
उड्यो दिलको पन्छी वन खाली छ आज
भन्छन जिन्दगी रंग मन्चको नाटक हो
रुन्छु चिच्च्याएर फगत ताली छ आज
बुझ्छन कथाब्यथा अनि छोडेर जान्छन
मेरो दर्शक दुनियाँ कति जाली छ आज
सखा दिलको जमिन चुपचाप छ आकाश
बिना बर्षात नसप्रेको बाली छ आज
नदेउ दिलासा आफै कसाइ बनेर
अचानोमा टुकि्रने मेरै पाली छ आज
रङ्गनि छ दुनियाँ म फिक्का बन्या छुइनँ
अझ आफ्नै रगतको लाली छ आज
punam adhikari
No comments:
Post a Comment