Tuesday, 21 February 2012

गजल

सारै मिठो माया पाएँ खाईरहु जस्तो लाग्यो !
लुगा भए सिलाएर लाई रहु जस्तो लाग्यो !!

मोहनी छ रुप उन्को लठ्ठै भए मै पनि पो !
भेट्न भनी उतै तिर धाइरहु जस्तो लाग्यो !!

आँखा भित्र राखु लाग्छ लुकाएर संधै भरी !
आँखा खुल्दा मेरै सामु पाइरहु जस्तो लाग्यो !!

लठै भए हेरर म मिर्गनयन आखा उस्का !
सँधै उस्को आँखाभरी छाईरहुँ जस्तो लाग्यो !!

मायाँको धून तरङ्गीन्छ सँधै भरि यो मूटु मा
मस्त बनी प्रेमका गीत गाइरहुँ जस्तो लाग्यो



No comments: