Wednesday, 21 March 2012

जतीबेला जिउँदै मान्छे जल्यो सडकमा!
त्यतीबेलै मेरो देश ढल्यो सडकमा!

समाजका अगुवा नै गिद्ध बने पछि!
खुलेआम लासको ब्यापार चल्यो सडकमा!

कोहि आई रगताम्य लासको छाती टेकी!
मुस्काउँदै पाईतालाले दल्यो सडकमा!

बिरोधमा आगो बाल्न झुप्रै घर लड्दा!
गरीबको ओढ्ने च्यादर बल्यो सडकमा!

_मीरा थापा
माइधार /झापा

No comments: