Wednesday, 21 March 2012

मेरो देशमा ध्रुबतारा आकास बनी खोज्दैछु म!
हिमाल,पहाड,तराई सारा बतास बनी खोज्दैछु म!

कता बग्यो सप्तकोषी?सुस्ता किन धुम्मीएको?
हुम्ला,जुम्ला,मुगु,बारा प्रकास बनी खोज्दैछु म!

पटाङ्गिनी भरी निर्दोष रगतले लेखिएका!
जलाउन ती फोस्रा नारा बिनास बनी खोज्दैछु म!

रगतका छिर्का लाग्या अलैंचीका पातभरी!
बगाउँन शीतका धारा गुराँस बनी खोज्दैछु म!

बस्ती माँझ संगीनले छाती छेँड्ने हरू सुन!
खोकु,छिन्ताङ मेरो खारा संत्रास बनी खोज्दैछु म!

A GAZAL BY -MEERA THAPA

No comments: