आयो आँशु आँखाबाट कुन्नि के के हुन आयो!
सायद तिम्रा यादहरू समेटेर धून आयो!
यी आँखाका सामुन्नेमा जोडी ढुकुर रमाउँदैछन्!
आहा !कति मिठो प्रिती देखेर लौ रून आयो!
आकाश चिरा बनाएर तिमी बस्या जहाज उड्यो!
चुँडियो की मुटु जस्तो आफ्नै छाती छुन आयो!
चुमेर यो तिम्रो तस्वीर जसै दिलमा लगाएँथें!
तरंगियो सारा शरीर बाँसुरीको धुन आयो!
अँध्यारोमा ताराहरू खस्थे अनि बिलाउँथे !
अहो !हेर आकाशमा एउटा खुर्पे जून आयो!

No comments:
Post a Comment