Thursday, 5 April 2012

हिँजो दु:ख आजै दु:ख भोली फेर भन्यो!
यो गाउँका संगिनीको टोली फेर भन्यो!

सिन्दुरले सजाएर लान्छु मोटरमा!
बेरङ्गी यो अभावको डोली फेर भन्यो!

गाउँको माया पटुकिमा पोको पारी हिंडे!
शहरमा पुगेपछी झोली फेर भन्यो!

लर्बरीदै राती आयो साथमा कोही ल्यायो!
मदिरा यो पिउ अब बोली फेर भन्यो!

साथीसँग मलाई छोडी बाहिरीदै गर्दा!
रात धेरै बित्यो अब चोली फेर भन्यो!
मीरा थापा maidhar jhapa

No comments: