सुटुक्क आई छातीमा बस्यौ बोलीनै फुटेन!
चुमेर अधर बाहुमा कस्यौ बोलीनै फुटेन!
सितलो जून बनेर आयौ गोधुली साँझमा!
मिर्मिरे पख आँसु भै खस्यौ बोलीनै फुटेन!
नचायौ यस्तो सपेरा बनि म नाच्दै लठ्ठीएँ!
चुमेर अधर बाहुमा कस्यौ बोलीनै फुटेन!
सितलो जून बनेर आयौ गोधुली साँझमा!
मिर्मिरे पख आँसु भै खस्यौ बोलीनै फुटेन!
नचायौ यस्तो सपेरा बनि म नाच्दै लठ्ठीएँ!
स्वरूप फेरी नाग भै डस्यौ बोलीनै फुटेन!
मायालु हात केसमा मेरो खेल्दैथ्यो एक्कासी!
कलेजी माझ छुरा त्यो धस्यौ बोलीनै फुटेन!
थापा मीरा__Friday, March 9, 2012
No comments:
Post a Comment