Tuesday, 6 March 2012

गजल

गजलकार:- थापा मिरा


मेरो भाई जंगलबाट आको छ कि छैन आमा?
तिम्रो आशीष सीरमाथी लाको छ कि छैन आमा??


गरिबीले हुत्याएर समुन्द्र यो काटी आएँ!
बर्खामास चुहिने घर छाको छ कि छैन आमा??

बगैंचामा सुपारी र नरीवल रोपी आ'थेँ!
बढेर त्यो फल्ने बेला भाको छ कि छैन आमा??


सपनीमा बेसीखेत पहिरोले पुर्दै थियो!
झरी,बादल खेप्दै खेती धाको छ कि छैन आमा??


कस्तो छ नि मेरा बूढा बाबालाई आजभोलि??
ढिँडो,आँटो पेटभरी खाको छ कि छैन आमा??



No comments: